Section 20
बढुवा समिति
(१) नेपाल न्याय सेवाको राजपत्रांकित पदमा र राजपत्र अनंकित पदबाट राजपत्रांकित पदमा बढुवा हुने बाहेक निजामती सेवाको अन्य राजपत्रांकित पदमा बढुवाको लागि सिफारिस गर्न देहायबमोजिमको बढुवा समिति रहनेछः–
(क) लोकसेवा आयोगको अध्यक्ष वा निजले तोकेको लोकसेवा आयोगको सदस्य – अध्यक्ष
(ख) लोकसेवा आयोगको अध्यक्षले तोकेको लोकसेवा आयोगको सदस्य – सदस्य
(ग) मुख्य सचिव – सदस्य
(घ) लोकसेवा आयोगद्वारा मनोनीत सम्बन्धित विषयका विशेषज्ञ – सदस्य
(ङ) सामान्य प्रशासन मन्त्रालयको सचिव –सदस्य– सचिव
(१क) राजपत्र अनंकित प्रथम श्रेणीबाट राजपत्रांकित तृतीय श्रेणीको पदमा बढुवाको लागि सिफारिस गर्न देहायबमोजिमको बढुवा समिति रहनेछ :-
(क) लोकसेवा आयोगको अध्यक्षले तोकेको लोकसेवा आयोगको सदस्य – अध्यक्ष
(ख) लोकसेवा आयोगको सचिव – सदस्य
(ग) सामान्य प्रशासन मन्त्रालयको सचिव – सदस्य
(घ) लोकसेवा आयोगको अध्यक्षबाट मनोनीत सम्बन्धित
विषयको विशेषज्ञ – सदस्य
(ङ) सेवा, समूह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालयको सचिव वा निजले तोकेको राजपत्रांकित प्रथम श्रेणीको
अधिकृत – सदस्य–सचिव
(१ख) उपदफा (१क) बमोजिमको बढुवा समितिको सचिवालय सेवा, समूह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालयमा रहनेछ ।
(२) निजामती सेवाको राजपत्र अनंकित पदमा बढुवाको लागि सिफारिस गर्न तोकिएको बढुवा समिति रहनेछ ।
(३) बढुवा समितिले निजामती कर्मचारीहरूको बढुवाको सिफारिस गर्न अपनाउनुपर्ने कार्यविधि तोकिएबमोजिम हुनेछ ।
(४) बढुवा समितिले बढुवा नामावली प्रकाशन गर्दा बढुवाको लागि आवेदन फाराम भरेका सम्भाव्य उम्मेदवारहरूले पाएको कुल अंकसमेत प्रकाशन गर्नुपर्नेछ ।
(४क) बढुवा समितिले आवेदन फाराम बुझाउने अन्तिम मितिले चार महिनाभित्र 
बढुवाको नतिजा प्रकाशन गर्नुपर्नेछ ।
(५) बढुवा समितिले वार्षिक कार्यतालिका बनाई सो तालिका बमोजिम आफ्नो कार्य सञ्चालन गर्नुपर्नेछ ।